भारतमा अहिलेसम्मकै ठूलो आइपीओ आउँदै, सेबीले दियो अनुमति
भारतको पुँजी बजार नियामक ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले ‘पेटीएम’ लाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । वित्तीय प्रविधिको क्षेत्रमा काम गर्ने पेटीएमले जारी गर्न लागेको आइपीओ सबै बिक्री भएमा भारतमा हालसम्मकै ठूलो आइपीओ बन्नेछ । सम्पूर्ण आइपीओ बिक्री भएमा पेटीएमले २.२ अर्ब अमेरिकी डलर अर्थात १६ हजार ६०० करोड भारतीय रुपैयाँ बराबर पुँजी संकलन गर्नेछ । यसअघि, ‘कोल इन्डिया’ ले १० वर्ष अघि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो ।
भारतमा अहिले प्राथमिक र दोस्रो बजार दुवैमा उच्च वृद्धि भइरहेको छ । भारतमा गत अप्रिलदेखि जुलाईसम्ममै आइपीओमार्फत २ खर्ब ७० अर्ब भारतीय रुपैयाँ (भारु) पुँजी उठेको थियो । यस अवधिमा १२ वटा भारतीय कम्पनीको आइपीओमार्फत उक्त रकम उठेको हो । यस्तै, अझै करिब ४० वटा कम्पनीको ७ खर्ब भारतीय रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा रहेको छ ।
Comments
Post a Comment