नेपालमा बन्याे बिना डाटा नै youtube video हेर्ने मिल्ने डिभाइस
काठमाडौं । मानौं तपाईं बसमा काठमाडौंदेखि बिरगञ्जको यात्रामा हुनुहुन्छ । गाडीमा स्टाफले भोजपुरी फिल्म चलाइदिन्छ । सबै यात्रुले भाषा नबुझ्न सक्छन्, या फिल्म मन नपर्न सक्छ । परिवारका सदस्यसँग यात्रामा हुनुहुन्छ भने चलचित्रमा देखिने कतिपय दृश्यले तपाईंलाई लज्जित र असहज महसुस गराउन सक्छन् । त्यसो त नेपाल टेलिकमको वाईम्याक्स र एनसेलको वायर फ्री वाईफाई यात्रामा मनोरञ्जनको विकल्प हुनसक्छन् । तर यी सेवा प्रयोग गर्न डेटा महंगो पर्छ । अर्कोतर्फ ठाउँ ठाउँमा नेटवर्क नटिप्ने समस्या दोहोरिरहन्छ । यस्ता अनेक समस्याको समाधानको रुपमा एकजना नेपाली युवाले इन्टरनेट बिना चलाउन सकिने ‘युट्युव’ विकास गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा इलेक्ट्रोनिक्स इन्जिनियर राजेश दासले सवारी साधनलाई लक्षित गर्दै अफलाइनमा चलाउन मिल्ने ‘ओकेट्युव’ बनाएका हुन् । ‘यसमा अफलाइन बसेरै भिडियो स्ट्रिमिङ गर्न मिल्छ । भिडियोका लागि हामीले कन्टेन्ट प्रदायकसँग छुट्टै सम्झौता गरेका छौं,’ दास भन्छन् । ओकेट्युवका लागि तयार पारिएको हार्ड ड्राइभमा नेपाली, हिन्दी, अंग्रेजी लगायतका चार हजारसम्म चलचित्...