नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८०० भन्दा बढी कैदी भगाए
अुबजा : नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन् । एक अज्ञात बन्ददुकधारीले नाइजेरियाको सो कारागारमा हमला गरेपछि त्यहाँबाट ती थुनुवा भागेका हुन् । अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार राति नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा रहेको सो कारागारमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए ।
हमला गरेपछि जेल तोडेर ती बन्दी भागेका यहाँको गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । ओयो राज्यको कारागार विभागका प्रवक्ता अेलानेग्रु अन्जोरिनले सो कुराको पुष्टि गरेका छन् । उनले शनिबार राति अज्ञात बन्दुकधारीहरुले हमला गर्दा ८३७ जना थुनुवा त्यहाँबाट भागेका बताए। उनीहरुमध्ये कतिपय पुर्पक्षका लागि थुनामा थिए भने कतिपय वर्षौँसम्म जेल सजायँ तोकिएका व्यक्ति थिए ।
जेल तोडेर भागेका उनीहरुको खोजी प्रहरीले थालेको पनि प्रवक्ता अन्जोरिनले बताएका छन् । भागेका मध्ये २४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पुनः पक्राउ गरेको छ । अरु भागेका र उनीहरुको पनि खोजी कार्य जारी रहेको यहाँको कारागार सुरक्षाका विभागका अधिकारीले जानकारी दिएका छन् ।
रासस–सिन्ह्वा
Comments
Post a Comment