रुसमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिनमै १ हजारभन्दा बढीको ज्यान गयो
मस्को : रुसमा पछिल्लो समय कोरोना भाइरस संक्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको भाइरसबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा १ हजार ७५ जनाको ज्यान गएको हो । यो संख्या यहाँ कोरोना भाइरस संक्रमण सुरु भएयताकै सबैभन्दा बढी हो ।
रुसमा कोरोनाबाट अहिलेसम्म २ लाख २९ हजार ५२८ जनाको ज्यान गइसकेको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या लगातार बढ्दो क्रममा रहेको बताएका छन् । शनिबार पनि ३७ हजार ६७८ जना संक्रमित भएका छन् । यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक संक्रमित भइसकेएका छन् ।
रासस–सिन्ह्वा

Comments
Post a Comment